अमेरिकी क्रान्ति र स्वतन्त्रता सङ्ग्राम



अमेरिकी क्रान्ति सन् १७६५ देखि १७८३ सम्म संयुक्त राज्य अमेरिकामा चलेको राजनैतिक घटनाक्रम हो। अमेरिकी स्वतन्त्रता सङ्ग्राम यही क्रान्तिको भाग हो, जुन सन् १७७५ देखी १७८३ सम्म चलेको थियो। करिब २५,००० व्यक्तिले ज्यान गुमाएको यस क्रान्ति को नारा थियो "मृत्यु देउ वा स्वतन्त्रता"।

सन् १४९२ मा भारतको खोजीमा निस्केका क्रिष्टोफर कोलम्बस उत्तर अमेरिका पुगेका थिए,‌ जुन ठाउँलाई‌ आज वेष्ट इन्डिज भनिन्छ। कोलम्बसले अमेरिका‌ पत्ता लगाएपछि उत्तर‌ अमेरिकामा युरोपियनहरु विस्तारै आफ्नो उपनिवेश विस्तार गर्न पुगेका थिए। सोह्रौं शताब्दी पछि फ्रान्स, बेलायत, स्पेन र डचहरूले उत्तर अमेरिकाका विभिन्न स्थानमा आफ्नो उपनिवेश खडा गरिसकेका थिए। सन् १६०७ देखि १७३२ सम्म बेलायतले आफ्ना १३ उपनिवेशहरू स्थापना गरेको थियो। अमेरिकी स्वतन्त्रता सङ्ग्राम यिनै बेलायती र उपनिवेश प्रति वफादार अमेरिकीहरू विरुद्ध राष्ट्रवादीहरू ले सुरु गरेका थिए। राष्ट्रवादी हरुलाई फ्रान्सेली सरकारको साथ थियो। पुरै क्रान्ति थोमस पेन द्वारा लिखित "द कमन सेन्स" नामक पुस्तक बाट प्रभावित थियो। यस क्रान्तिका नायक भनेर थोमस जेफर्सनलाई चिनिन्छ।

अमेरिकी क्रान्ति जसलाई रक्तपात युक्त क्रान्ति पनि भनिन्छ, यो सुरु हुनुका विभिन्न कारण छन्:

१. सामाजिक- सांस्कृतिक कारण
त्यो समय ज्ञानोदयको समय थियो। विभिन्न विचारक र दार्शनिकहरूका विचारहरुको कारण मानिसहरूमा उदार र प्रगतिशील सोचको उदय हुँदै थियो।‌ जोन लकलाई उदारवादी विचारका पिता मानिन्छ। उनका अनुसार शक्तिको श्रोत भनेको जनता हुन्। यस्तै इम्यानुअल कान्त, थोमस पेन, बेन्जामिन फ्रान्क्लिन, मोन्टेस्क्यू जस्ता विचारकहरुले जनतामा अधिकार, गणतन्त्रवाद र स्वतन्त्रताका निम्ति लड्नु पर्ने भावनाको विकास गराइदिएका थिए।

२. राजनितिक कारण
उपनिवेशहरूमा व्यवस्थापिका र कार्यपालिका थियो, जुन त्यहीँ का जनताबाट चुनिएका हुन्थे। तर सरकारको प्रमुख अर्थात् गभर्नर भने प्रत्यक्ष रूपमा ब्रिटिश राजसंस्था बाट नियुक्त हुन्थ्यो। लन्डनमा अवस्थित संसदमा उपनिवेशहरूको तर्फबाट कुनै प्रतिनिधि रहने व्यवस्था थिएन।

३. आर्थिक कारण
१३ उपनिवेश राज्यहरु बिच व्यापार विकास भएको थियो, जसका कारण उनीहरू एकआपसमा अन्योन्याश्रित थिए। यि उपनिवेशहरु अब आफुलाई एक ठान्न थालेका थिए। समाजको उदारवादी सोचले व्यापार र अर्थव्यवस्था लाई पनि प्रभावित पारेको थियो। सन् १६५१ देखि १६६३ सम्म बनेका विभिन्न ऐन तथा नियमहरू बनेका थिए। जसका कारण उपनिवेश राज्यहरु ब्रिटिश जहाज बाट इङ्गल्याण्ड हुँदै व्यापार गर्न बाध्य थिए। मतलब उनीहरुले प्रयोग गर्ने व्यापारीक मार्ग इङ्गल्याण्ड हुँदै जानुपर्थ्यो। चिनी, सुर्ती, कपास र नील रङ्ग जस्ता नगदे बाली इङ्गल्याण्ड लाई मात्र निर्यात गर्नु पर्थ्यो।

सन् १७५६ मा बेलायत र फ्रान्स बिच युद्ध भएको थियो। जसलाई सात वर्षे‌ युद्ध भनिन्छ। यो युद्ध १७६३ सम्म चलेको थियो। बेलायत ले यो युद्ध जितेको भए पनि चर्को ऋणमा फस्नु परेको थियो। जसका कारण बेलायत सरकारले उपनिवेश राज्य हरुबाट चर्को कर उठाउने नीति बनायो।

घटनाक्रम
आन्दोलनको नेतृत्व जर्ज वासिंगटन ले गरेका थिए। यस क्रान्ति को समयमा बेलायतमा राजा जर्ज तृतीय थिए।
सन् १७६५ मा आएको टिकट ऐन (Stamp Act 1765) नै अमेरिकी स्वतन्त्रता सङ्ग्राम को मुख्य कारण मानिन्छ। यस ऐेन अनुसार अमेरिकामा बेलायतले आफ्नै मुद्रा चलाउने र ब्रिटिश टिकट टाँस्ने नियम बनायो।

बोस्टन चिया पार्टी
सन् १७७३ मा चिया ऐन (Tea Act) बन्यो, जसले ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई भारत र चीनको चिया अमेरिकामा बिना कर बेच्न पाउने अधिकार दियो। यसबाट रुष्ट अमेरिकीहरुले सन् १७७३ डिसेम्बर १६ मा म्यासाचुसेट्सको बोस्टन भन्ने ठाउँमा स्यामुअल एडाम्सको नेतृत्वमा करिब १०,००० पाउण्ड मुल्य बराबरको बेलायती चिया समुन्द्रमा फालिदिए। यो अमेरिकी स्वतन्त्रता सङ्ग्रामको पहिलो घटना थियो। यसका कारण सन् १७७४ मा अर्को नियम बन्यो। त्यस नियम अनुसार बोस्टनमा व्यापारमा प्रतिबन्ध लगाइयो। यो प्रतिबन्ध उपनिवेश राज्यहरूले ब्रिटिश ईस्ट इन्डिया कम्पनी लाई खेर गएको चिया मुल्य बराबरको जरिवाना नतिरेसम्म फुकुवा नगर्ने घोषणा भयो। यो नियमको पनि जोडतोडका साथ विरोध भयो।
सन् १७७५ जुन १४ मा अमेरिकी कन्टिनेन्टल आर्मीको गठन भयो। यस आर्मीको नेतृत्व जर्ज वासिंगटन ले गरेका थिए। ४ जुलाई १७७६ मा अमेरिकी कन्टिनेन्टल कङ्ग्रेस को स्थापना भयो। सोही दिन अमेरिकी स्वतन्त्रता को घोषणापत्र स्वीकृत भयो, जसमा ५६ जनाले हस्ताक्षर गरेका थिए।

अमेरिकी संविधान
सन् १७८७ मा फिलाडेल्फिया सम्मेलन भयो। यो सम्मेलन को निष्कर्ष नै अमेरिकी संविधान हो। १७ सेप्टेम्बर १७८७ मा संविधानमा हस्ताक्षर भयो, जसमा १२ राज्यका ३९ जनाले हस्ताक्षर गरेका थिए। यो संविधान जारी भने सन् १७८९ मार्च ४ मा भयो। जारी हुँदा संविधान मा ७ धारा रहेका थिए।
जेम्स म्याडिसन लाई अमेरिकी संविधान का पिता भनिन्छ। अमेरिकाको संविधान विश्वको‌ सबैभन्दा पुरानो संविधान पनि हो। यस संविधानमा ७ अनुच्छेद, ३२ धारा र १०,००० शब्दहरु रहेका छन्।

1 Comments

Post a Comment

Previous Post Next Post