विश्व ईतिहास खोतल्दै गर्दा नछुटिने घटना मध्ये को एक हो फ्रान्सेली राज्य क्रान्ति। सन् १७७९ देखि १७९९ सम्म फ्रान्समा भएको राजनीतिक र सामाजिक परिवर्तन लाई फ्रान्सेली राज्य क्रान्ति भनिन्छ। यसलाई बौद्धिक क्रान्ति पनि भनिन्छ। यस क्रान्तिले फ्रान्समा राजतन्त्र को अन्त्य गरी गणतन्त्रको स्थापना गरेको थियो र तानाशाही नेपोलियन बोनापार्ट को उदय सँगै समाप्त भएको थियो। यस क्रान्ति को नारा स्वतन्त्रता (Liberty), समानता (Equality), भातृत्व (Fraternity) थियो। त्यस समयमा फ्रान्स का राजा लुई सोह्रौं थिए।
फ्रान्सेली राज्य क्रान्ति हुनुका प्रमुख चार कारण हरु छन्, राजनैतिक, सामाजिक, आर्थिक र बौद्धिक:
१. राजनैतिक कारण
राजा लुई चौधौं ( सन् १६४३- १७१५) ले राज्यशक्ति लाई केन्द्रिकरण गरेका थिए जसका कारण सम्पूर्ण अधिकार राजा मा निहित भएको थियो। राजा लुई पन्ध्रौं ( १७१५-१७७४) दूरदर्शी शासक थिएनन् उनको को पालामा ईङ्ल्याण्ड सँग भएको सात वर्षे युद्ध का कारण पनि फ्रान्स राजनैतिक र आर्थिक रुपमा कमजोर भएको थियो।
२. सामाजिक कारण
फ्रान्सेली समाज पादरी, कुलीन र सर्वसाधारण गरी ३ तहमा विभाजित थियो। चर्चको नाममा कुल भुभागको १०% जमिन रहेको थियो। पादरी वर्गले कर पनि तिर्नु नपर्ने व्यवस्था थियो। कुलीन वर्गले कुल भुभाग को २५% जमिन राखेका थिए। उनिहरुले पनि कर तिर्न पर्दैन थियो। सर्वसाधारण वर्गमा सामान्य कर्मचारी, प्रहरी, वकिल, किसान र शिक्षकहरु पर्दथे। करिव ९५% जनसंख्या सर्वसाधारण वर्गको थियो। यीनिहरुलाई चर्को कर तिर्नुपर्ने बाध्यता रहेको थियो।
३. आर्थिक कारण
विभिन्न युद्धमा भएको हारको पराजयका कारण फ्रान्स ऋणमा गएको थियो। देशको आधा भन्दा बढी बजेट ऋण तिर्दा सकिएको थियो। साथै अत्याधिक चिसोका कारण खेती राम्रो भएको थिएन र देशमा भोकमरी छाएको थियो।
४. बौद्धिक कारण
विभिन्न दार्शनिक जस्तै जोन लक, रुसो, भोल्टायर, मोनतेस्क्यु आदि को बिचार प्रवाह का कारण मानिसहरुमा स्वतन्त्रता र समानता प्राप्ति का लागि लड्नु पर्ने चेतनाको विकास भएको थियो। त्यो समय ज्ञानको युग थियो। भोल्टायर अभिव्यक्तिको स्वतन्त्रता को पक्षमा वकालत गर्थे भने मोनतेस्क्यु राज्य र चर्च अलग हुनुपर्छ भन्ने मान्यता राख्थे। यिनै विद्वान हरु बाट प्रभावित फ्रान्सेली बौद्धिक सर्वसाधारण वर्गहरु राजाको शासन अधिकार, उसले भगवान बाट पाएको जनादेश र क्याथोलिक चर्च को अधिकार र राज्य सञ्चालनमा रहेको भुमिका प्रति प्रश्न गर्न थाले।
आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् १७८९ मे ५ मा राजाले १६५ वर्ष पछि स्टेट जनरलको बैठक आह्वान गरेका थिए। स्टेट जनरल भनेको फ्रान्सको प्रतिनिधिसभा हो। यस सभामा पादरी वर्ग बाट ३०८ जना, कुलीन वर्गबाट २५८ जना र सर्वसाधारण वर्ग बाट ६२१ जना सदस्य रहने व्यवस्था थियो।
तर राजाले सर्वसाधारण वर्गलाई बैठक मा छिर्न दिएनन्। त्यसैले उनीहरुले नजिकैको टेनिस कोर्टमा गएर सपथ लिई राष्ट्रिय सभा को गठन गरेका थिए। र यिनै सर्वसाधारण वर्गले क्रान्ति को विगुल फुकेका थिए।
सन् १७९० मा राजनैतिक दलहरुको उदय भयो। दुई राजनैतिक दलहरु ज्याकोविन्स र जिरोडिन्स थिए। ज्याकोबिन्स हरु गणतन्त्र पक्षधर थिए भने जिरोडिन्स हरु संवैधानिक राजतन्त्र पक्षधर थिए। राजाले बोलाएको वैठकमा राजा को देब्रे हाततर्फ बस्ने वामपन्थी भए, दायाँ हाततिर बस्ने दक्षिणपन्थी भए।
वास्टिल डे
सन् १७८९ जुलाई १४ फ्रान्स को ईतिहासमा महत्वपूर्ण दिन हो। १४ जुलाई, यस दिनलाई वास्टिल डे भनिन्छ जुन फ्रान्स को राष्ट्रिय दिवस हो। वास्टिल किल्ला फ्रान्सेली शाही सेनाको सैन्य किल्ला र जेल थियो। जुलाई १४ का दिन आक्रोशित भीड त्यसमा प्रवेश गरेर ७ जना कैदी बन्दीलाई रिहा गरे। त्यसपछि यस किल्ला लाई आगो लगाएर नष्ट गरिदिए। यही नै फ्रान्सेली राज्य क्रान्ति को सुरुवाती घटना थियो। वास्टिल किल्ला पेरिसको सुरक्षा का निम्ति सन् १३०० तिर बनाइएको थियो। यसमा राजद्रोह को मुद्दा लगाइएका विशेष व्यक्ति हरुलाई थुन्ने जेल पनि थियो।
फ्रान्सेली राज्य क्रान्ति को परिणाम
सन् १७९२ सेप्टेम्बर २१ मा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो र नयाँ संविधान जारी भयो। संविधानले नागरिकलाई सक्रिय र असक्रिय नागरिक गरि दुई भागमा विभाजन गरायो। भोट दिन योग्य २५ वर्ष कटेका पुरुष सक्रिय नागरिक थिए भने दासदासी र महिला असक्रिय नागरिक मा परे। वाक स्वतन्त्रताको उदय भयो। राष्ट्रिय सभा को नाम राष्ट्रिय संविधान सभा भयो। पादरी हरुको सङ्ख्या घटाइयो र चर्च लाई शासन व्यवस्था बाट अलग राखियो। ज्याकोविन्सका नेता थिए म्याक्सिमिलेन रोवोस्पियर। उनी कट्टर क्रान्तिकारी थिए। जसले पनि क्रान्ति को विरोध गर्थ्यो उसलाई मारिदिन्थे। उनले सयौं चर्चहरु भत्काए, दासदासी मुक्त गराए र करिब १६ हजार क्रान्ति विरोधीहरुलाई गिवोटिन ( Guillotine) मा राखेर टाउको छिनालिदए। रोवोस्पियर ले आफ्नै क्यालेन्डर लागु गराए, जसमा दश घन्टाको एक दिन र दश दिन को एक हप्ता थियो। रोवोस्पियर को शासनलाई आतंकको शासन ( The Reign of Terror) को नामले पनि चिनिन्छ।
तानाशाही नेपोलियन बोनापार्ट को उदय पनि यही क्रान्ति को परिणाम थियो। अष्ट्रिया र ईटाली सँगको युद्ध नेतृत्व गरेका नेपोलियन ले पछि आफुलाई राजा घोषणा गरे थिए।
Post a Comment