काठमाडौं उपत्यकाका नेवा:हरुकी कुल देवी हुन तलेजु भवानी। तलेजु भवानी मल्ल राजाहरुकी ईष्ट देवी थिइन्।
भाषा वंशावलीका अनुसार काठमाडौं उपत्यकामा तलेजु भवानीलाई शाके संवत् १२४५ (वि.सं १३८०) मा सिम्रौनगढका राजा हरिसिंह देवले ल्याएका थिए। दिल्ली का सुल्तान गया सुद्दिन तुगलकले बंगालमा आक्रमण गरी फर्कने क्रममा सिम्रौनगढमा आक्रमण गर्न आएको ठानी हरिसिंह देवले सुल्तानका सैनिक माथि आक्रमण गरे। सो युद्धमा पराजित भई उनी तलेजु भवानी सहित भागेर दोलखा तिर आएको भन्ने किंवदन्ती छ। र यहीँ तीनपाटन क्षेत्रमा यीनको निधन भयो। यिनकी पत्नी देवलदेवी र छोरा जगतसिंह समातिए। पछि यिनीहरु दोलखाबाट कैद मुक्त भएर भक्तपुर राजाको शरणमा पुगे। वि. सं १३७७ देखी वि. सं १४०१ सम्म उपत्यकामा अरी मल्लको शासन थियो। वि. सं १३८० मा नेपालको राजधानी भक्तपुरमै थियो। त्यसैले तलेजु भवानीलाई तिरहुत (डोय) राजा हरिसिंह देवले भक्तपुरमा ल्याएको कुरामा शंका गर्ने ठाउँ छ।
तलेजु भवानीको सबैभन्दा पुरानो मन्दिर भक्तपुरको मन्दिर हो। काठमाडौंको तलेजु भवानी मन्दिर राजा महिन्द्र मल्लले बनाएका हुन्। तलेजु भवानीलाई तुलजा भवानी पनि भनिन्छ। राजा महिन्द्र मल्ल को पालामा तग्वल देव, तवल देवल, तव: देवल भनिएको पनि पाइएको छ। राजा प्रताप मल्ल को पालाबाट तलेजु भवानी भन्न थालिएको हो। गीर्वाणयुद्ध विक्रम शाह को शिलालेखमा पनि तलेजु देवता लेखिएको छ भने योगनरेन्द्र मल्ल र जितामित्र मल्लको शिलालेखमा श्री ३ तलेजु लेखिएको छ।
तलेजु भवानी तेह्रौं शताब्दी बाट नभई लिच्छवि कालबाट नै उपत्यकामा अवस्थित थिइन्। जयस्थिति मल्लले मानेश्वरी भनेर तलेजु भवानीलाई सम्बोधन गरेका छन्। वंशावली हेर्दा मानेश्वरी देवता लिच्छविकाल देखि थियो भन्ने झल्किन्छ। गोपाल राजवंशावली अनुसार राजा मानदेवले लिच्छवि संवत् ३८६ देखि लि.सं ४२७ को बिचमा मानेश्वरीको स्थापना गरेका थिए। राजा वृषदेवले आफ्नो कुलको इष्ट मानी 'राजदेवी' भन्ने नाम राखी स्थापना गरेका थिए। यीनै मानेश्वरीलाई ईष्ट देवता मानी भक्तपुरमा आनन्द मल्ले दीक्षा लिएको कुरा ईतिहासमा उल्लेख छ।
तलेजु भवानी र जीवित देवी कुमारी
![]() |
कुमारी |
काठमाडौंमा शाक्य थरकी, भक्तपुर र ललितपुरमा बज्राचार्य थरकी कुनै घाउचोट नलागेकी ३२ गुणले युक्त कन्या कुमारी को रुपमा छानिन्छन्। काठमाडौंमा नौ जनाबाट एक जना, ललितपुरमा तीन जनाबाट एक जना र भक्तपुरमा एकैपटक कुमारी छानिन्छन्। कुमारीलाई बौद्ध धर्मावलम्बीहरूले बज्रादेवी मानि पुजा गर्छन् भने हिन्दू हरु भवानी मानि पुजा गर्छन्।
कुमारी प्रथा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा संस्कृति हो र हाम्रो देशको धार्मिक एकताको प्रतीक पनि हो।

आमा भवानी ले सबैको कल्याण गरुन्।

Taleju bhawani ko Jaya hos.
ReplyDeletePost a Comment