मानव विकासक्रम सँगै समाजमा भाषाको पनि विकास भयो। भाषा दुई व्यक्तिहरु बिच मात्र नभई दुई फरक समुदाय बिच सुचना प्रवाह गर्ने पुल हो। संसारमा करिब सात हजार भाषाहरु बोलिन्छन्। सबै भाषाहरुको आ-आफ्नै विशेषता छ। भाषाको विकासक्रम सँगै लेखन शैली को पनि विकास भयो। सुरु सुरुमा बोलिएका शब्दहरुलाई चित्रको रुपमा भित्तामा कोरिन्थ्यो। कालान्तरमा यही लिपिको रुपमा विकास भयो। संसारमा बोलिने हरेक भाषाहरु कुनै न कुनै लिपिमा लेखिन्छन्। कुनै भाषा आफ्नै मौलिक लिपिमा लेखिन्छ भने कुनै भाषाहरु एकै लिपिमा पनि लेखिन्छन्। सबै लेखनले भाषाका शब्दहरुलाई कुनै निश्चित नियम अनुसार प्रतिनिधित्व गर्छन्।
लेखन प्रणालीको विकासक्रम बुझ्नुभन्दा पहिले तिनीहरुको प्रकार बुझ्नुपर्दछ।
विभिन्न लिपिहरु भिन्न प्रकारका हुन्छन् र सोही बाट विकास हुँदै संसारका विभिन्न
क्षेत्रहरुमा फैलिएका छन्। त्यसैले विभिन्न भाषाका लिपिहरुमा समानता देख्न सकिन्छ,
जस्तै ग्रीकको अल्फा (α) र ल्याटिनको ए (ɑ) । ल्याटिन लिपिहरु प्राचिन ग्रीक लिपिकै विकसित स्वरुप
हुन्।
मुख्यतः लेखन प्रणालीलाई पाँच फरक वर्गमा वर्गीकरण गर्न सकिन्छ:
१. अब्जाद
यस लेखन प्रणालमा आधारभूत ध्वनि को प्रतिनिधित्व व्यञ्जन वर्णले मात्र गर्दछ तर सामान्यता यसमा स्वरवर्णहरु भने हुँदैनन्। स्वरवर्णलाई पाठकले स्वयं अनुमान गर्नु पर्ने हुन्छ। स्वरवर्णहरु लाई अनुमान गर्न सकिने ठाउँमा थोप्लो चिह्न राखिन्छ। यसको नामकरण अरबी वर्णमाला का प्रथम चार वर्णबाट भएको हो। आलेफ (A), बा (B), जिम (J), डेल (D)।
यस लेखन प्रणालीमा हिब्रू र अरबी लिपिहरु पर्छन्। यी लिपिहरु दायाँ बाट बायाँ को क्रम मा लेखिन्छन्। अरबी, फारसी, तुर्किस, कुर्दिस, उर्दू, अजरबैजानी आदि भाषाहरुको लिपि प्रकार अब्जाद हो।
यस लेखन प्रणालीमा व्यञ्जन र स्वर दुवै वर्णहरु को प्रयोग हुन्छ। तर यस
प्रणालीमा हरेक अक्षरले आवाजको प्रतिनिधित्व गर्छ। यी लिपिहरु बायाँ बाट दायाँ को
क्रम मा लेखिन्छन्।
जस्तै बिरालो लाई अङ्ग्रेजी मा CAT लेखिन्छ। यहाँ प्रत्येक अक्षरले फरक ध्वनि को प्रतिनिधित्व गरेको छ। यस लेखन प्रणालीमा
प्राचिन ग्रीक, ल्याटिन, सिरिलिक लिपिहरु पर्दछन् । अङ्ग्रेजी, ग्रीक, रुसी, फ्रेन्च, जर्मन आदि भाषाहरूको लिपि प्रकार अल्फाबेट हो।
यस लेखन प्रणालीमा व्यञ्जन वर्ण र स्वर वर्ण दुबैको प्रयोग हुन्छ जहाँ व्यञ्जन
र स्वर लाई संयुक्त व्यञ्जन वर्ण ले प्रतिनिधित्व गर्दछ। यसप्रकारका संयुक्त
व्यञ्जन वर्णमा विशिष्ट चिह्न को संयोजन गरिन्छ। यी विशिष्ट चिह्न ले स्वर ध्वनि
को प्रतिनिधित्व गर्छन्।
जस्तै: "मेला" लाई M-E-LA लेखिन्छ। म (M) ले व्यञ्जन वर्ण को प्रतिनिधित्व गर्छ जसमा "े " चिह्न जोडेर ME उच्चारण गरिन्छ जसले "मे" लाई व्यञ्जन र स्वर को संयुक्त रुप (म्+ए) बनाउँछ।
यस लेखन प्रणाली ब्राह्मी, गुप्त, देवनागरी लिपिहरु पर्दछन्। संस्कृत, नेपाली, हिन्दी, मराठी, मैथिली, बंगाली, तामिल, तलेगु, आदि भाषाहरुको लिपि प्रकार अबुगिडा हो।
यो एक प्रतिकात्मक लेखन प्रणाली हो जसमा एक प्रतिकात्मक चिह्नले एक अक्षर को प्रतिनिधित्व गर्दछ। प्रत्येक प्रतिकले (Character) व्यञ्जन र स्वर ध्वनिको संयोजनलाई प्रतिनिधित्व गर्दछ। हिरागाना जापानी लेखन प्रणाली हो। जापानी भाषा यही लिपिमा लेखिन्छ। जस्तै जापानी भाषामा साकुरा लाई "さくら" लेखिन्छ। यसमा तीन वटा प्रतिक चिन्हले तीन अक्षरको प्रतिनिधित्व गर्दछ।
५. लोगो सिलेबेरी
यो लेखन प्रणाली सिलेबेरी र लोगोग्राफी को संयुक्त स्वरुप हो जसमा एक प्रतिक
चिह्नले सिङ्गो अक्षरको प्रतिनिधित्व गर्दछ। चिनियाँ लेखन प्रणाली यसमा पर्दछ।
जस्तै: मानिस शब्द लाई चिनियाँ भाषामा "人" लेखिन्छ। यहाँ "人" चिह्नले सिङ्गो शब्दको प्रतिनिधित्व गर्यो। तर चिनियाँ
भाषामा यसको उच्चारण "rén" हुन्छ जसले यस शब्दसँग सम्बन्धित सिलेबलको प्रतिनिधित्व गरेको छ।
Post a Comment