वि.सं १८९१ मा गोरखा जिल्लाको बुङकोटमा जन्मिएका लखन थापा जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए। बीस वर्षे उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए। पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो। जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो। लखन थापा भर्ती हुनु अगावै वि.सं १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए । भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए। सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधिन इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए। त्यहीबाट थापामा राणाविरोधी भावना जागृत भयो।
लखन थापाको विद्रोह।
कप्तान पदसम्म पुगेका लखन थापाले वि.सं १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट बिदा लिए। सहकर्मी जयसिंह चुमी मगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे । हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुइहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन्। शिवलाल थापा मगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन्। यस्तैमा एकदिन उनले जंगब हादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म पुग्यो।
लखन थापा र मनकामना
लखन थापा आफुलाई मनकामना मन्दिरको प्रथम पुजारी सिद्ध लखन थापा मगरको पुनर्जन्म मान्दथे। उनी मनकामना मन्दिरमा दर्शन गर्न आउने सबै भक्तहरुलाई क्रुर राणा शासन को विरुद्धमा भाषण दिने काम गर्थे। मनकामना देवीलाई विशेष मानिन्थ्यो। मनकामना देवी ले नै आफुलाई जङ्ग बहादुर लाई हटाएर नेपालमा प्रजातन्त्र स्थापना गर्न पठाएको भनि उनी स्थानीयहरु बाट विश्वास जित्ने काम गर्थे। उनको राणा शासन विरोधी गतिविधि थाहा पाएपछि जब उनी पक्राउ परे उनले जङ्ग बहादुरको अगाडि निडर भई भने, कि म मनकामना देवीको सच्चा सेवक हो। मलाई मनकामना को आशिर्वाद छ। यदि मलाई मृत्युदण्ड हुन्छ भने तिमीले पनि चाँडै नै मृत्युवरण गर्नुपर्ने हुन्छ। संयोग ले भनौं अथवा चमत्कार लखन थापा लाई फाँसी दिएको बाह्र दिन पछि जङ्ग बहादुर राणाको पनि अचानक मृत्यु भएको थियो।
राम्रो लेख
ReplyDeletechhoto mitho...gahakilo
ReplyDeletePost a Comment